५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताका पीरमर्कामा आँखा चिम्लियो– सहमहामन्त्री डा.महत



अ+ अ-


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले जनताका पीर मर्कामा पनि आँखा चिम्लिएको बताएका छन् ।
काठमाडौँ क्षेत्र नं १ द्वारा आयोजित टोखा झोर छहरे सडक खण्डको मर्मत तथा सुधार नेपाली काँग्रेसले श्रमदानबाट गर्ने कार्यको शनिबार बिहान उद्घाटन गर्दै डा.महतले भने ‘जनताले अहिले सबैभन्दा बढी सडकका कारणले दुःख पाइरहेका छन् तर सरकार भने आँखा चिम्लिएर बसेको छ ।’
उक्त सडक खण्ड मोटरसाइकल तथा अत्यावश्यकीय सवारी ठानिने एम्बुलेन्स पनि चल्न नसक्नेगरी अत्यन्तै जिर्ण बनेकोले नेपाली कांग्रेसको आफ्नै पहलमा बाटो खुलाउन मर्मत कार्य शनिबारबाट थालिएको हो ।


सहमहामन्त्री डा महतको पहलमा तथा काँग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामा लगायतका काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागितामा शनिबार बिहानबाट उक्त सडकको मर्मतको काम थालिएको हो ।
सो श्रमदान कार्यक्रममा सहभागी डा महतले भने– जनताले साह्रै दुःख पाए, नुवाकोट काठमाडौँ गर्ने मात्र नभएर यहाँका स्थानीय नागरिकलाई पनि यही बाटोको कारणले निकै कष्ट भयो तर एक डेढ करोडको सामान्य सहयोगमा हुने कामका लागि पनि सरकार तथा नुवाकोटका जनप्रतिनिधिले बेवास्ता गरे, त्यसैले हामी आफै कस्सिएका हौँ ।
प्रधानमन्त्री केपी ओलीले नेपाललाई चिनीया रेलले जोड्ने सपना बाँडेको धेरै भयो तर सरकार बनेको दुई वर्षसम्म पनि यस कार्यमा सिन्को समेत नभाँचिएको प्रसंग उल्लेख गर्दै उनले भने– झोरदेखि नुवाकोट हुदै चीन जोड्ने यो सबैभन्दा छोटो बाटो हो, यही सडकको राजधानी खण्डकै यस्तो हालत छ अनि अन्यत्रको के होला ? अनि प्रधानमन्त्रीका फोस्रा आश्वासन जनताले कसरी पत्याउने ?


सहमहामन्त्री डा.महतले भने– प्रधानमन्त्री नबन्दै खै कता चीनको सिमानातिर गएर नेपालमा रेल ल्याउने भन्दै दुरबिनले हेरेर सञ्चारमाध्यमलाई तस्बिार बाँडेका प्रधानमन्त्री आफू सरकारमा पुगेको दुई वर्ष पुग्न लाग्दा जनताले उहाँलाई रेल कहिले आउँछ भनेर प्रश्न गरिरहेका छन् ।
सरकार, कर्मचारी तन्त्र तथा सरकारी कार्य संयन्त्र जनताका अत्यन्तै साना तिना समस्याहरुमा पनि संवेदनहिन बनिरहेको तीतो यथार्थ नेपाली नागरिकले भोगिरहेको उनले बताए ।
उक्त सडक खण्डको निर्माणको अभियान केही वर्षअघि काँग्रेसको सरकारले नै थालेको तर अहिलेको सरकार बनेपछि भने यसका लागि सामान्य सहयोग पनि नगरेको गुनासो उनले गरे ।
कतिन्जेल जनताका समस्याको उपेक्षा गरेर बस्ने हो, कतिन्जेल जनताका पीर मर्का नसुनेर कानमा तेल हालेर बस्ने हो ? उनले सरकारलाई प्रश्न गरे ।


उक्त बाटो मर्मत अभियानमा सो क्षेत्रका नागरिक, नुवाकोटका नागरिक र काँग्रेसका नेताहरुको सहभागिता रहेको छ ।
आफै पनि मर्मत कार्यमा सहभागी भएका सहमहामन्त्री डा महतले सबैले आफूसँग भएका साधन र हतियारको सहायताबाट श्रमदान गर्न र छोटै समयमा उक्त कार्य सम्पन्न गरी जनताको पहलमा हुने विकास निर्माणको योजना समेत प्रस्तुत गरी उदाहरणका रुपमा देखाइदिन सबैलाई आह्वान पनि गरे ।