२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लम्बियो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ। उपचारका क्रममा एक सातादेखि सिंगापुरमा रहेका प्रधानमन्त्री शनिबार आउने तयारीमा थिए। तर एक दिन लम्ब्याएर आइतबारका लागि तय गरिएको उनको फिर्ती पुनः एक दिन सारिएको हो।

साउन १८ मा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ।प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सोमबार दिउँसो साढे १२ बजे स्वदेश आइपुग्ने गरी कार्यतालिका परिवर्तन भएको जानकारी दिए।

यसअघि थाइल्यान्डको बैंककस्थित बुमरुनग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा नियमित फलोअप चेकअप गराउँदै आएका प्रधानमन्त्रीले यसपटक सिंगापुरमा स्वास्थ्य परीक्षण गरेका हुन्।

छातिमा संक्रमण भएपछि २०७५ कात्तिकमा ओली पाँच दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। दुई साताअघि उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको थियो।

टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा। डा। दिब्या सिंहसहित ९ जना छन्।