६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मायादेवी गाउँपालिकाको गाडीमा आगजनी



अ+ अ-

कपिलवस्तु । मायादेवी गाउँपालिकाको स्कार्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको गाडी पूर्ण रुपमा जलेको हो।

सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा नचिनेका मान्छेको समूहले शनिबार राति आगजनी गरेको हो । गाडी विप्लव समुहले आगजनी गरेको प्रहरीको परम्भीक अनुमान रहेको कपिलबस्तुमा प्रहरी प्रमुख एस.पी दीप सम्मेर राणाले बताए ।

विप्लव समूहले केहि समय अगाडि कपिलबस्तुमा विज्ञप्ति निकालेर गाउँपालिकामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।

गाडीमा लागेको आगो कपिलवस्तु नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो। आगजनी कसले र कसरी गर्यो भन्ने आफूले पत्तो नपाएको गाउँपालिका प्रमुख चौधरीले बताए।