१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण भारतमा ९५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । मनसुनका कारण उत्पन्न बाढीमा परेर भारतका दक्षिणी र पश्चिमी राज्यमा कम्तीमा ९५ जनाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा ४० जना भन्दा बढी केरला राज्यका बासिन्दा रहेको बताइएको छ। बाढी प्रभावितहरूलाई अधिकारीहरूले अग्ला स्थानमा बस्ने कोशिस गर्न आग्रह गरेका छन्।हजारौँलाई प्रभावित क्षेत्रबाट स्थानान्तरण गरिएको छ।

प्रकोप व्यवस्थापनमा खटिएका अधिकारीहरूका अनुसार केरलामा एक लाख भन्दा बढीलाई आपत्कालीन राहत शिविरहरूमा सारिएको छ।

ती क्षेत्रमा थप केही दिन वर्षा नरोकिने पूर्वानुमानबीच सेनाले हवाईमार्गबाट खाद्य सामग्री पुर्‍याउने प्रयत्न गरिरहेको बताइएको छ।पछिल्लो १०० वर्षमा सबैभन्दा बढी प्रभाव पारेको बाढीका कारण गत वर्ष केरला राज्यमा २०० भन्दा बढीले ज्यान गुमाएका थिए।