११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु, मुसलमान र दलितबिच ईदको शुभकामना आदान-प्रदान



अ+ अ-

कपिलबस्तु । बकरइदको अवसरमा आयोजित शुभकामना कार्यक्रममा कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४, पिपरामा हिन्दु, मुसलमान र दलित समुदायले एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।

यसोगरे एक-आपसमा सामाजिक सद्भाव दरिलो बन्ने उनिहरुमा धार्मिक विश्वास रहेको छ । उनीहरुले नेपाली समाजमा मनाइने चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउन आफूहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका बताएका छन् ।

धर्म, बिचार फरक भएता पनि धार्मिक एवं सामाजिक सद्भाव, सहिष्णुता कायम राख्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पर्ने कार्यक्रमका बक्ताहरुले बताएका हुन् ।