५ असार २०८३, शुक्रबार
,
Latest
श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा एकैचोटि चार वटा बस ठोक्किए, १६ जना घाइते



अ+ अ-

भक्तपुर ।भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बस अनियन्त्रित भई बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरको ३ वटा बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका-६ का दीपकराज ठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएको छ।