५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ: अध्यक्ष जबरा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबरालपार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको औंल्याए ।

उनले भने,‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन् ।’ साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए ।

उनले भने,‘राष्ट्रपतिले आफ्नो सोख पुरा गर्नको लागि अहिले पोलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो ।’ उनले निश्पक्ष र कुनैपनि पार्टीमा आवद्ध नभएकोले राजसंस्थाजस्तो पूरानो संस्थालेमात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने पनि विश्वास दिलाए । उनले भने,‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौं ।

यसमा बहस पैरवी हुनुपर्छ ।’ उनले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश पोखे । उनले भने,‘अब यो देशलाई हिन्दूराष्ट्र बनाउन अत्यावश्यक छ । हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रुपमा उठाएका थियौं ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीको बारेमा सोधिएको प्रश्नमा उनले भने,‘प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो । कसैले पनि बोल्नलाई रोक्न सक्दैन् । तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु चाहीँ हुँदैन् ।

राजाले म फर्किन्छु भनेर हिँडेको छैन् । उहाँले भाषण गरेको छैन् । उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो ।’ पूर्वराजासँग ओली र प्रचण्ड तर्सिएका हुन त ? भनेर सोधिएको अर्को प्रश्नमा उनले प्रष्ट्याए,‘उहाँहरु किन तर्सिनुहुन्छ, त्यो त उहाँहरुले जान्ने कुरा हो । मैले कसरी विश्लेषण गर्नु ?’

अध्यक्ष जबराले आफूहरु र राप्रपाबीच एकताको लागि वार्तालापको अवस्थामा भने पुगि नसकेको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीको उच्च कार्यसम्पादन समितिको बैठक बसेको छ, विचार मिल्ने दल, समूह र व्यक्तिहरुसँग मिलेर जाने निर्णय भएको छ । र, त्यहीअनुसार हामीले आह्वान गरेका छौं ।’

उनले वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारसँग काम गर्नको लागि सुवर्ण अवसर भएपनि यसले मौका खेर फालेको आरोप लगाए । उनले भने,‘यो सरकारले जनताको आशालाई पूरै निराशामा परिणत गरेको छ । सरकार अत्यन्तै भ्रष्ट भयो ।’ सरकारले कुनैपनि उल्लेखनीय काम गर्न नसकेको पनि उनले आरोप लगाए । सरकार गठन भएको १८ महिना बितिसक्दापनि परीणाम भने शुन्य आएको जबराले बताए ।

मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको पनि उनले सुनाए । उनले भने,‘हामीले व्यापार घाटा झेलेको वर्षौं भैसक्यो । व्यापार घाटाझैं अब त भुक्तानी घाटा पनि पुगेको छ । यो मामुली कुरा होईन् । नेपालको व्यापार घाटा बजेट जत्रो छ । अहिले निर्यातको १४ गुणा बढि आयात हुन्छ । भुक्तानी घाटा ६८.२ अर्ब पुगेको छ । विदेशी मुद्रा संचितिबाट अब पाँच महिनामात्रै पुग्ने अवस्था छ । अब २ महिनामा झर्यो भने हामी पाकिस्तानको अवस्थामा पुग्छौं ।’

मुलुकमा यत्रा ठूला–ठूला संकट हुँदाहुँदैपनि वर्तमान सरकारलाई केही हेक्का नहुनु दुःखद् भएको पनि उनको टिप्पणी छ । सरकारले वित्तिय अनुशासनमा ध्यानै नदिएको पनि उनको आरोप छ । त्यस्तै, राष्ट्र बैंकले पनि आई.एम.एफको सल्लाह नसुनेको उनको आरोप छ । राष्ट्र बैंकले मुद्रा प्रदाय बढाएर झन आयातलाई बढाउने निम्तो दिईरहेको पनि उनको आरोप छ ।
एक दशकअघि नेपालको उद्योगको योगदान कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत रहेकोमा अहिले त्यो घटेर ५ प्रतिशतमा झरेको पनि उनले सुनाए ।

उनले भने,‘उद्योगपति र सरकारबीच अविश्वासको वातावरण छ । निजी क्षेत्रमैत्री नभईकन कुनैपनि देशले विकास गरेको छैन् ।’ उनले साधारणतय यो सबै अवस्थाबाट पार पाउनको लागि विजुली विक्रि गर्ने र विकास बढाउने भएपनि अहिले त्यो अवस्था नरहेको जिकिर गरे । उनले भने,‘हिन्दूस्तानको कोइलाबाट उत्पादित विजुलीभन्दा हाम्रो विजुली धेरै महँगो छ । हाल हिन्दूस्तानले आफूलाई चाहिने विजुली आफैं उत्पादन गर्ने स्थितिमा पुगेको छ ।

यदि त्यहाँ बजार लिने भए उनीहरुसित मिलेर अघि बढ्नुपर्छ ।’ नेपालको संविधानमा मुलुकको समाजवादउन्मुख लोकतन्त्र भएिको सुनाउँदै जबराले नेकपाको विधानमा त झन साम्यवाद नै लक्ष्य राखिएको सुनाए । उनले भने,‘यस्तो परिप्रेक्ष्यमा कसरी वैदेशिक लगानी आउन सक्छ ? सरकार विदेशी लगानी भित्र्याउने भनेर ठूलो ठूलो कुरा गर्छ ? तर मूल बाधा अड्चन कहाँ छ भनेर यसले बुझेको छैन् ?’ उनले विदेशी लगानी ल्याउने कुरामा संविधानमै अड्चन भएको आरोप लगाए ।
फरक प्रसँगमा उनले भारतले जम्मु काश्मिरको सवालमा हालै चालेको कदम उसको आन्तरिक मामिला भएकोले त्यसप्रति आफूहरुको कुनै धारणा नै नरहेको स्पष्ट पारे । उनले भने,‘सरकारले पनि यसप्रति भारतको आन्तरिक मामिला भनेको छ । हामी पनि त्यही भन्छौं । यो हिन्दुस्तानको मामिला हो ।’

फरक प्रसँगमा उनले भारतले जम्मु काश्मिरको सवालमा हालै चालेको कदम उसको आन्तरिक मामिला भएकोले त्यसप्रति आफूहरुको कुनै धारणा नै नरहेको स्पष्ट पारे । उनले भने,‘सरकारले पनि यसप्रति भारतको आन्तरिक मामिला भनेको छ । हामी पनि त्यही भन्छौं । यो हिन्दुस्तानको मामिला हो ।’