११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन



अ+ अ-

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिका समेतका पश्चिमी मुलुकको बहिस्करणमा परेको भेनेजुएला सरकारमाथि पुनः समर्थन जनाएका छन् । राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताएका छन् ।

राष्ट्रपतिले शनिबार गरेको ट्वीटमा भनिएको छ, “भेनेजुएलाका जनताको बोलिभार क्रान्तिकारितालाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन ।” दुई हप्ताअघि क्युबाका राष्ट्रपति डायाजले भेनेजुएलाको भ्रमण गरेका थिए । साओ पाउलो फोरमको २५औं बैठकमा सहभागी हुन भेनेजुएला पुग्नुभएका राष्ट्रपति डायाजले भेनेजुएलाको संवैधानिक सङ्कट विदेशीको उक्साहटमा भएको बताएका थिए ।

उक्त बैठकमा राष्ट्रपति डायाजले क्युबाले भेनेजुएलाप्रतिको आफ्नो अडान र विश्वास कहिल्यै नत्याग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाले विपक्षी नेता हुवाँ गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएपछि भेनेजुएलाले अमेरिकासँगको कुटनीतिक सम्बन्ध गत जनवरीमै तोडेको थियो ।