१० आश्विन २०८१, बिहीबार
,
Latest
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार घेराउ गर्न गएका ११ जना समातिए



अ+ अ-

काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका ११ जना सहभागीहरुलाई प्रहरीले पक्राउ गरेको छ । भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जना पक्राउ परेका हुन् ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।