ललितपुर । जावलाखेल युथ क्लब को नयाँ नेतृत्वमा महेन्द्र क्षेत्री विजयी भएका छन् ।
तीन वर्षे कार्यकालका लागि भएको चुनावमा क्षेत्रीले २४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी ठूलोभाई के.सीले १३१ मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा क्रमशः किरोजमान सिंह बस्नेत,उज्ज्वल कर्माचार्य, समीर के.सी विजयी भएका छन् ।
त्यस्तै पवन गिरी महासचिवमा र कविर बस्नेत सचिवमा विजयी भएका छन्। कोषाध्यक्षका लागि महेशचन्द्र महत (मलमल) विजयी भएका छन्।त्यस्तै सदस्यहरुमा रवि खड्का,राजु बोगटी, विकास कार्की, सुनिल केसी, निरज खड्का,नरेश थापा, प्रदीप तण्डुकार विजयी भएका छन्।
निर्वाचन कमिटीमा मेघराज केसी, केदार गोर्खाली,आत्मदिप खड्का, राजकुमार श्रेष्ठ लगायत ६ सदस्य समिति रहेको थियो।
यसैबीच नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफूले गरेको प्रतिबद्धता पुरागर्न आफु सदैव प्रतिबद्ध रहेको बताए। उनले नेपालकै प्रतिष्ठित क्लबको रुपमा रहेको जावलाखेल क्लबको प्रगति विवरण तीन/तीन महिनामा सार्वजनिक गर्ने, समयमा नै वार्षिक साधारणसभा गर्ने, क्लबलाई पारदर्शिताका साथ अगाडि बढाउने लक्ष्य रहेको बताए ।