२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका विद्यार्थी नेता रिहा



अ+ अ-

गुलरिया । विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन्। सर्वोच्च अदालको फैसला आदेशपछि न्यौपाने रिहा भएका हुन्।

गत फागुन महिनामा पक्राउ परेका न्यौपाने पटक–पटक पक्राउ पर्दै रिहाई हुँदै आएका थिए। सर्वोच्चको आदेशले शुक्रबार न्यौपानेको बर्दिया जिल्लाबाट रिहाई भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

बाँकेमा १० हजार धरौटी बुझाएका उनलाई लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरबाट पुन पक्राउ गरेको थियो।बाँके, बर्दियालगायत कैलालीका हिरासत तथा कारागारमा बन्दी रहेका अवस्थामा उनलाई गैरन्यायिक बन्दी बनाइएको भन्दै उनका भाइ दिपक न्यौपानेले साउन दोस्रो साता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए।