११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाका सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ



अ+ अ-

काठमाडौं । नगराईन नगरपालिका धनुषाका सब–इन्जिनियर उमेश मण्डल ५५ हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिका–६ अस्पताल रोडस्थित अञ्चल अस्पताल जनकपुर नजिकको रेडक्रस भवनको पश्चिमदक्षिण र बाह्रबिघा चौरको पूर्वदक्षिणबाट रङ्गेहात नियन्त्रणमा लिएको हो।

सम्पन्न योजनाको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।