२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमरको अबको गन्तब्य: रियल म्याड्रिड वा बार्सिलोना



अ+ अ-

काठमाडौं । ब्राजिली स्टार नेयमरका लागि भइरहेको सरुवा वार्ता यसअघिभन्दा राम्रो गतिमा अगाडि बढेको फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जनाएको छ ।

पीएसजीका खेलकुद निर्देशक लियोनार्दोले सञ्चार माध्यमसामु नेयमरले क्लब छाड्न लागेको पुष्टि गरे । तर उनले निम्ससँगको खेलअघि सरुवा विषयमा छलफल गर्न अनुमति नदिएको जनाए ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले प्रशिक्षणमा नआएकाले नेयमरले आइतबारको खेल खेल्ने सम्भावना नरहेको जनाए ।नेयमरको सरुवा प्रकरण दुवै पक्षबाट निचोडमा पुर्‍याउन क्लब आतुर रहेको छ । ‘हाम्रो भविष्य सबैलाई सुरक्षित गराउन महत्त्वपूर्ण हुन्छ,’ ब्राजिलियन लियोनार्दोले पत्रकार सम्मेलनमा भने, ‘यदि उनी यहाँ बस्छन् भने, उनले खेल्ने छन् । यदि जान्छन् भने जान सक्छन् । यसलाई जतिसक्दो चाँडो निर्णयमा पुर्‍याउनुपर्नेछ ।

रियल म्याड्रिड वा बार्सिलोनामा फर्किनु विश्वका सबैभन्दा महँगा खेलाडी नेयमरको सम्भावित गन्तव्य हुनेछ । स्पेनिस सञ्चारमाध्यममा जनाइएनुसार २७ वर्षे नेयमरलाई लिन जिनेदिन जिदानको रियल म्याड्रिडले बार्सिलोनालाई चुनौती तेर्स्याउने छ ।

एएस समाचारपत्रले जनाएअनुसार पीएसजीले नै म्याड्रिडसामु नेयमरलाई लिने भए २२ करोड २० लाख पाउन्डको प्रस्ताव गरेको थियो । यही रकममा पीएसजीले बार्सिलोनाबाट लिँदै उनलाई महँगो फुटबलर बनाएको थियो । बार्सिलोनाबाट प्रकासित हुने मुन्डो डेपोर्टिभोका अनुसार नेयमर बार्सिलोना फर्किएर लियोनल मेसी र लुइस स्वारेजका साथ पुनः खेल्न चाहन्छन् ।

कतारी लगानीकर्ताको स्वामित्वमा रहेको पीएसजीमा नेयमरले यस सिजनको सुरुआत एक साता ढिलो फर्किएर अभ्यास गरेका थिए । २०१७ मा बार्सिलोनाबाट फ्रान्समा आएयता उनी चोट र विवादले घेरिएका छन् । हालैमात्र उनलाई पेरिसमा भएको एक बलात्कर काण्डमा सफाइ दिइएको थियो । उनको क्लबसँग पनि सम्बन्ध राम्रो छैन ।