५ असार २०८३, शुक्रबार
,
Latest
श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

२००६ क्यूक्यू-२३ को ठोक्काईबाट पृथ्वी बाँच्यो



अ+ अ-

काठमाडौं । सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने भन्ने वैज्ञानिकहरुको अनुमान गलत साबित भएको छ । यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै वैज्ञानिकहरु चिन्तित थिए । १० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो। यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो ।

पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो। भिडियो फुटेजमा १.८६० किलोमिटर व्यास भएको उक्त आकशीय पीण्ड पृथ्वीको नजिक हुँदै गएको हो । यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू२३ हो । सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो।

यो घटनापछि विश्वका वैज्ञानिकहरुले पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन्। उनीहरुले यदि उक्त आकशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए त्यसको प्रभाव कुनै आणविक बमभन्दा ५ सय गुणा बढीले हुने थियो।