काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाबाट पक्राउ परेका दुई जना प्रहरी नायब निरीक्षक (सई) रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
सार्वजनिक मुद्दा चाँडै मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस रकम माग गरिरहेको बेला अख्तियारको टोलीले दुवैलाई केही दिनअघि १८ हजार रुपैयाँसहित पक्राउ गरेको थियो। उनिहरुविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अनुसन्धानको क्रममा दुवैले मिलेमतोमा थुनामा रहेका व्यक्तिलाई छिट्टै मुक्न गरिदिने भनी घूस लिएको प्रमाणित भएको अख्तियारको दाबी छ।दुवैलाई १८ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनायो।