६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा भक्तपुरको जगातीबाट नुवाकोटका अजय तामाङ र राजु तामाङलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।

नुवाकोटका युवतीलाई नयाँ दिल्लीमा आकर्षक काम लगाइदिन्छु भनेर उनीहरुले प्रलोभन देखाउने गरेका डीएसपी बोगटीले बताए । अहिले प्रहरीले दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ । उनीहरुबाट पीडित अन्य व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको छ ।