५ असार २०८३, शुक्रबार
,
Latest
श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोकाकोलाको ‘जिग्री’ बजारमा



अ+ अ-

काठमाडौं । बोटलर्स नेपालले तीन अर्ब लगानी थपेर स्थापना गरेको नयाँ प्लान्टबाट उत्पादन थालेको छ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेय पदार्थ कोकाकोलाले कोकाकोला मिनी प्याक ‘जिग्री’ सार्वजनिक गरेको हो ।


‘जिग्री’ ब्राण्ड एम्बासेडर नेपाली चलचित्र जगतका सुपर स्टार अनमोल केसी र नायिका प्रियंका कार्कीले सार्वजनिक गरेका थिए । कम्पनीले ‘हात हातमा कोकाकोला, साथमा जीग्री’ योजना अन्तरगत कोकाकोला २५० एमएलको नयाँ प्याक ल्याएको हो ।

‘जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ। यसको आयु ६ महिना रहन्छ, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मूल्यका हिसाबले समेत मितव्ययी रहेको कम्पनीले दाबी गरेको छ । जिग्रीको मूल्य प्रति बोतल ४० रुपैयाँ राखिएको छ ।

‘चिसो भनेकै कोकाकोला’ नारामा बजारको अग्रपंक्तिमा रहेको कोकाकोलाले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै आफ्नो नयाँ प्याकेज सार्वजनिक गरेको हो ।