५ असार २०८३, शुक्रबार
,
Latest
सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितलाइ यथाशीघ्र अनुदान लिन प्राधिकरणकाे अनुराेध



अ+ अ-

काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरी खाता सक्रिय नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा जम्मा गरिएको तर खाता सक्रिय नगरेका कारण धेरै लाभग्राहीको रकम निष्क्रिय भएपछि तोकिएको बैंकमा सम्पर्क राख्न आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

खाता सक्रिय गरी जम्मा गरिएको रकम निकालेर निजी आवास पुनर्निर्माण शुरु गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

“समयमै खाता सक्रिय नगर्ने लाभग्राहीको खाता निष्क्रिय पारिनेछ”, उहाँले भन्नुभयो । हालसम्मको तथ्याङ्कअनुसार पहिलो किस्ता लिएका सात लाख ६७ हजार ६०८ मध्ये छ लाख दुई हजार ४४३ लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्तासमेत लिइसकेका छन् ।




भर्खरै