५ असार २०८३, शुक्रबार
,
Latest
सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गुका राेगी तीन हजार नाघे, नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयमा पैसा छैन



अ+ अ-

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५-७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् ।

सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयनमा मन्त्रालयलाई आर्थिक सङ्कट देखिएको हो ।

गत वर्ष महाशाखाले प्रदेश तहमा रु छ करोड १७ लाख, विभिन्न स्थानीय तहमा रु एक करोड ६६ लाख र महाशाखाले रु एक करोड ७१ विनियोजन गरेको थियो । यस वर्ष सो क्षेत्रमा खासै रकम वृद्धि नभएको बताइएको छ ।

महाशाखाका निर्देशक चिकित्सक विवेककुमार लालले भन्नुभयो, “डेङ्गु रोग नियन्त्रण गर्न थप रकम, जनशक्ति तथा किटबक्स चाहियो भनेर सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट पत्र आउँछ । समायोजनका कारण महाशाखामा थप जनशक्ति छैन । किटबक्स पठाइ सकियो । ती निकायलाई थप पैसा कहाँबाट दिनु ? अर्थ मन्त्रालयलाई भन्यो भने बजेटको सिलिङ त्यति हो भन्दछ ।”

उहाँले सो कार्यक्रमका लागि के कति रकम अपुग भएको हो कुनै जानकारी दिनु भएन । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग पछिल्लो समय नेपालमा अनियन्त्रित रुपमा बढ्दैछ ।

चितवनमा सन् २००४ मा पहिलो पटक देखा परेका डेङ्गु मनाङ, मुस्ताङ, जुम्लालगायतका केही हिमाली जिल्लामा मात्र देखा परेको छैन । महाशाखा प्रमुख डा लालले हिमाली केही जिल्लाबाहेक अधिकांश जिल्लामा डेङ्गु देखा परिसकेको जानकारी दिँदै शहरी क्षेत्र उच्च जोखिममा रहेका बताउनुभयो ।

महाशाखाद्वारा डेङ्गु नियन्त्रणका प्रयासका बारेमा जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले डेङ्गु नियन्त्रण गर्न आर्थिक अभाव रहेको गुनासो गर्दै डेङ्गुका बारे सचेतना बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

सो जातको लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन । खासगरी सो जातको लामखुट्टे सफा पानी जमेको ससाना स्थानमा फुल पार्ने गर्दछ । वर्षात्को महीनासँगै पानी जम्न थालेपछि रोगको प्रकोप हुने महाशाखाले जनाएको छ ।

डेङ्गुको लक्षण

महाशाखाका निर्देशक डा लालका अनुसार एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सातदिनसम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कट्कटी दुख्नु लगायतका लक्षण देखन्छन् ।

यसबाट जोगिन मुख्य उपाय नै वातावरणीय सरसफाइ हो । साथै लामखुट्टेको टोकाइबाट बच्न आफू बस्ने वरपर पानी जम्न नदिनु र झुल टागेर सुत्नु रहेको छ ।




भर्खरै