११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल बाईपासमा संलग्नहरू पक्राउ, एक वर्ष कैद भुक्तान गरेकाहरू पुनः पुरानै धन्धामा



अ+ अ-

काठमाडौं: अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-४ बालुवाटार, टुसाल शितलमार्गस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई बिहीबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा कल बाईपास गरिरहेको अबस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे २ थान, ल्याप्टप १ थान, राउटर १ थान, मोबाइल १ थान, नेपाल टेलिकम तथा एनसेलका सिमकार्ड ३० थान र नोटबुक १ थान बरामद भएको छ ।

अनुसन्धानको क्रममा तामाङ २०७२ जेठ १९ गते भिओआइपी उपकरण सहित टोखा नगरपालिका-७ धापासी, काठमाडौंबाट पक्राउ परी १ वर्ष कैद सजाय भुक्तान पश्चात छुटेको खुल्न आएको छ । निजले उक्त पेशालाई छिटो आम्दानीको रुपमा हेरी पुन अवैध क्रियाकलापमा लागेको, उपत्यका बाहिर संचालन गर्ने योजना रहेको तथा विदेशी कल क्यारिअरसँग समन्वय गरी भिओआइपी सञ्चालन गरेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिवादी तामाङ उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।