५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसमा गोला प्रथा, अन्तरिम नेतृत्व भदाै २० गतेभित्र चुन्ने कार्ययाेजना पारित



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले सहमतिकै आधारमा भदौ २० गतेभित्र अन्तरिम संरचना बनाइ सक्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाकाे अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पारित गरेको छ । यसअनुसार अन्तरिम संरचना निर्माणका क्रममा कतै पनि चुनाव हुने छैन, बरु गोला प्रथाबाट नेतृत्व चयन हुनेछ ।

पार्टीलाई संघीय ढाँचामा लैजान कांग्रेसले संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना बनाउनुपर्छ । क्षेत्रीय सभापति चयन गर्दा यदि १३ औं महाधिवेशनबाट चुनिएका एक जना मात्र क्षेत्रीय सभापति छन् भने उनी स्वतः सभापति हुनेछन् । यदि दुई वा सो भन्दा बढी क्षेत्रीय सभापति छन् भने कार्यकालको वरिष्ठताका आधारमा चयन हुनेछ ।

कार्यकाल बराबर भए क्षेत्रीय प्रतिनिधि संख्या र त्यो पनि बराबर भए क्रियाशील सदस्य संख्याका आधारमा चयन गरिनेछ । यो पनि बराबर भए गोला प्रथा हुनेछ ।

स्थानीय तहको प्रमुख, केन्द्रका आधारमा छनोट हुनेछ । जुन स्थानमा केन्द्र छ, त्यही तत्कालीन गाविस वा नगरपालिकाका प्रमुख अन्तरिम संरचनाको प्रमुख हुनेछ ।

यसैगरी वडाको हकमा पुरानो गाविस, जेष्ठताका आधारमा अन्तरिम संरचनाको प्रमुख चुनिनेछ । ‘अन्तरिम संरचनाहरु सहमतिकै आधारमा बन्ने भएको छ’ केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘२० भदौसम्म अन्तरिम संरचना बनिसक्छ । २४ भदौबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुन्छ ।’