काठमाडाैंः इङ्लिस प्रिमियर लिगकाे यस सिजनमा म्यान्चेस्टर युनाइटेडले सुखद शुरूवात गरेकाे छ । अाइतबार राति युनाइटेडकाे घरेलु मैदानमा भएकाे खेलमा म्यान्युले चेल्सीमाथि ४-० गाेलले पराजित गरेकाे छ ।
म्यान्युका लागि पहिलाे गाेल १८अाैं मिनेटमा मार्कस रास्फाेर्डले पेनाल्टी मार्फत गरेका थिए । दाेस्राे गाेल ६५ अाैं मिनेटमा एन्थाेनी मार्सल र तेस्राे गाेल ६८ अाैं मिनेटमा रास्फाेर्डले नै गरेका थिए । चाैथाे गाेल डेब्यु खेल्दै गरेका डेनियल जेम्सले खेलकाे अन्ततिर गरेका थिए ।
चेल्सीका तर्फबाट पनि केही राम्रा प्रहार भएपनि म्यान्युका गाेलकिपर डी गाले राम्राे बचाउ गरेका थिए ।
यस सिजनकाे प्रिमियर लिगमा म्यान्चेस्टर सिटी, लिभरपुल र टाेटेनह्यामले जित हासिल गरेका छन् ।