२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज भारतसामु निरिह, गेलको ३०० औं खेल पनि फ्लप



अ+ अ-

काठमाडौंः वेस्ट इन्डिज भ्रमणमा रहेको भारतीय टिमले वेस्ट इन्डिजलाई पहिलो एक दिवसीय क्रिकेट खेलमा ५९ रनले पराजित गरेको छ । ट्रिनीड्याडको पोर्ट अफ स्पेनमा खेलिएको पहिलो खेलमा वर्षाले केही समय खेल रोकिएको थियो । डकवर्थ लेविस नियमका आधारमा भारत विजयी भएको हो ।
टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २७९ रन बनाएको थियो । भारतीय कप्तान विराट कोहलीले सर्वाधिक १२० तथा श्रेयस अयरले ७१ रनको महत्वपूर्ण पाली खेलेका थिए ।
जितका लागि ४६ ओभरमा २७० रन बनाउनुपर्ने संशोधित चुनौती पाएको वेस्ट इन्डिज ४२ ओभरमा २१० रनमै अलआउट भयो ।


वेस्ट इन्डिजका लागि ३००औं अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेका प्रारम्भिक ब्याट्सम्यान क्रिस गेल पुनः असफल भए । ११ रनमा आउट भएका गेललाई भारतीय बलर भुवनेश्वर कुमारले एलबीडब्लु आउट गरेका थिए ।
भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।
खेलमा म्यान अफ द प्लेयरको उपाधि भारतका कप्तान कोहलीले पाए ।
तीन खेलको एक दिवसीय शृंखलामा भारतले १-० ले अघि भएको छ । यसअघि तीन खेलको टी२० पनि भारतले नै जितेको थियो ।