८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीको बिहेमा आमालाई तरुनी देखिएपछि…



अ+ अ-

काठमाडौं । छोरीको बिहेको माहोल छ। कोभन्दा को कम हुनै पर्यो। त्यसमाथि आहान नै छ, ‘छोरीभन्दा आमा तरुनी देखिनुपर्छ।’ कहिलेकाहीँ सुन्दर देखिने लोभमा त्यसले उल्टै दुलाहा र उनको जोरीपारीलाई टिप्पणी गर्ने ठाउँ हुनसक्छ तर छोरीको बिहे हो, अरुलाई के मतलब ? बेलायतको मिरर पत्रिकाले हालै यसबारे खबर प्रकाशित गरेको छ।

भयो के भने छोरीको बिहेमा आफू पनि मस्त तरुनी देखिनु पर्यो भनेर दुलहीकी आमाले एउटा बिहेको पहिरन अनलाइनबाट किनिन्। अब कुनै पसलमा किनेको भए पो, बेच्न बसेकाले सुहायो या सुहाएन भनेर प्रतिक्रिया दिन्थे र मन पनि तुरुन्तै परिवर्तन हुन्थ्यो !

अनलाइनबाट किनेपछि त्यो परीक्षणको कुरा पनि भएन, उनलाई सुझाव दिनेहरु पनि कोही भएनन्। त्यसैले त्यो पहिरन लगाएर उनी बिहेको दिन पुगिन्। पहिरन कस्तो भने, छातिको भाग चिरिएको ! बिहे हुने बेलामा अन्तिम अवस्थामा मात्र दुलहीकी आमालाई यस पहिरनको गम्भीरता बुझिन् तर अन्तिम अवस्थामा अर्को पहिरन, कहाँबाट कसरी ल्याउनु ? त्यसैले त्यही लगाएर गइन्। अब फसाद के पर्यो भने दुलहीलाई भन्दा पनि दुलहीकी आमाको छातितिर सबैले नजर दौडाउन थाले ! जब दुलहीकी आमाले तस्बिर फेसबुकमा हालिन्, धेरैले मजाक उडाउन थालिहाले।

धन्न, फेसबुकमा मजाक बनाएकी आमाको पक्ष लिएर दुलहीले आफूलाई ड्रेस राम्रो लागेको भनी लेखिन्। अब आमा छोरी नै भएर बचाउमा लागिसकेपछि टिप्पणीकर्ताहरु पनि ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ मान्दै चुपचाप हुन थाले। त्यसो त हतपतको काम लतपत त्यसै भनिएको होइन !