विर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा कुकर बम विष्फोट भएको छ ।
घटनास्थलमा कुकरका टुक्रा भेटिएका थिए । बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
झापाको गरामनीमा विर्तामोड नगरपालिकाका वडा नम्बर ७, ८ र ९ को कार्यालय एउटै भवनमा छन् । उक्त भवनमा सोमबार बिहान साढे चार बजेतिर बम विष्फोट भएको थियो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ ।