५ असार २०८३, शुक्रबार
,
Latest
श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मू–कश्मीर विवाद: ईदको बेला कश्मीरमा फेरि कडिकडाउ



अ+ अ-

काठमाडौं । आज (सोमवार) सुरु हुने ईद–उल–अज्हा पर्वको अघि भारतीय अधिकारीहरूले कश्मीरमा फेरि सुरक्षाव्यवस्थामा कडिकडाउ गरेका छन्।भारतप्रशासित कश्मीरको मुख्य सहर श्रीनगर पुनः पूर्ण बन्दको अवस्थामा छ।

जम्मू–कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वको आँखा भारतप्रशासित कश्मीरमा परेका कारण गत दुई दिनयता कर्फ्यू खुकुलो परिएको थियो । तर अहिले कुनै कारण उल्लेख नगरीकन कडिकडाउ गरिएको छ।

आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्।मुसलमानको बाहुल्य भएको जम्मू–कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा छन्। फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ।

बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईदउल–अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए। तर त्यहाँ अहिले पनि सूचना प्राप्त गर्ने साधन प्रायः बन्द छन्। कसैसँग पनि के भइरहेको छ भनेर कुनै जानकारी छैन।