२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिड रोमासँग पराजित, पेनाल्टीमा मार्सेलो चुके



अ+ अ-

काठमाडौं । प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस टोली रियल म्याड्रिड इटालियन क्लब एस रोमासँग पराजित भएको छ ।

रोमाको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल टाईब्रेकरमा ५–४ गोलले पराजित भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो ।

पेनाल्टीमा रियलका मार्सेलो चुकेपछि रोमाले बाजी मारेको थियो । यसअघि निर्धारित समयमा रियलका लागि मार्सेलोले १६औं मिनेटमा सुरुवाती गोल गरेका थिए ।

त्यसपछि रोमाका डिएगो पेरोट्टीले ३४औं मिनेटमा बराबरी गोल फर्काए । ३९औ मिनेटमा कासिमेरोले गोल गर्दै रियललाई पुनः अगाडी बढाए । एकमिनेट लगत्यै रोमाका इडेन जेकोले बराबरी गोल गरेका थिए ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।