६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिड रोमासँग पराजित, पेनाल्टीमा मार्सेलो चुके



अ+ अ-

काठमाडौं । प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस टोली रियल म्याड्रिड इटालियन क्लब एस रोमासँग पराजित भएको छ ।

रोमाको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल टाईब्रेकरमा ५–४ गोलले पराजित भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो ।

पेनाल्टीमा रियलका मार्सेलो चुकेपछि रोमाले बाजी मारेको थियो । यसअघि निर्धारित समयमा रियलका लागि मार्सेलोले १६औं मिनेटमा सुरुवाती गोल गरेका थिए ।

त्यसपछि रोमाका डिएगो पेरोट्टीले ३४औं मिनेटमा बराबरी गोल फर्काए । ३९औ मिनेटमा कासिमेरोले गोल गर्दै रियललाई पुनः अगाडी बढाए । एकमिनेट लगत्यै रोमाका इडेन जेकोले बराबरी गोल गरेका थिए ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।