११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित कर्मचारीकाे आत्महत्या : अख्तियार प्रमुख घिमिरेकाे नाममा सुसाइड नाेट



अ+ अ-

उदयपुर । आइतबार एक निलम्बित कर्मचारीले आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा २ पाना सुसाइड नोट लेखेको प्रहरीले फेला पारेको छ ।

उदरपुर, त्रियुगा नगरपालिका वडा नं १० का आचार्य यसअघि काठमाडौँ कलंकी मालपोत कार्यालयका कर्मचारी थिए । उनीविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि निलम्बित भएका हुन् ।उनीविरुद्ध कलंकी मालपोतमा कार्यरत रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी २ करोड २१ लाख बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा चलाएको थियो ।

आइतबार त्रियुगा नगरपाकिलाकै वडा नं ९, रातामाटेस्थित शिखरकट्टेको जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परे । ५५ वर्षीय आचार्यले शनिबारै घर छोडेर सम्पर्कविहीन भएका थिए । उनले छोडेको सुसाइड नोटमा अख्तियार प्रमुखलाई २०० वर्ष बाँच्नू भनेर लेखेका छन् । सो नोटमा आफूले भ्रष्टाचार नगरेको समेत उनले लेखेका छन् ।

सुसाइड नोटमा लेखिएको छ, ‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन् । तर मलाई भ्रष्टचारी भनाउन खोजियो । अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना १’ उनले आफूजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा चलाइएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनले श्रीमती छोराछोरीलाई मिलेर बस्न र भाई रमेशलाई सहयोग गर्न समेत उक्त नोटमा खुलाएका छन् ।

उनले थप लेखेका छन्, ‘कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिनँ, पापी भएँ‍‘ । बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ । वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।’

आचार्य शनिबार बेलुका करिब ६ बजेतिर सुसाइड नोट लेखी घरबाट बाहिरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।