११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लेकिमा’बाट ४४ को मृत्यु, १६ जना अझै बेपत्ता



अ+ अ-

चीन । चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् ।

लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षितस्थलतर्फ लगिएको थियो । यस आँधीबाट २४.२२ अर्ब युआन प्रत्यक्ष रुपमा आर्थिक हानी भएको बताइएको छ ।

यस आँधीबाट दुई लाख ३४ हजार हेक्टर जमिनको बालीनाली नष्ट भएको पनि प्राप्त एक समाचारमा जनाइएको छ ।स्थानीय समयअनुसार शनिबार दिउँसो १ः४५ बजे झेजिआङ प्रान्तको बेन्लिङ शहरमा लेकिमाको प्रवेश भएको थियो ।

त्यसैगरी आइतबार राती ८ बजे शानडोङ प्रान्तको किङ्गडाओमा सो आँधी प्रवेश भएको थियो ।लेकिमाबाट शानडोङ्मा पाँच व्यक्तिको मृत्यु हुनेको साथै अन्य सात जना स्थानीय बेपत्ता भएका छन् । यस आँधीबाट सो प्रान्तमा १६ लाख ६० हजार व्यक्ति प्रभावित भएका छन् ।

सो प्रान्तमा सोमबार विहानसम्म १ लाख ८३ हजार ८०० आँधी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ ।