५ असार २०८३, शुक्रबार
,
Latest
सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबीएसको प्रश्नपत्र आउट गर्ने ३ जना पक्राउ



अ+ अ-

जनकपुरधाम । एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ४ बाट ३ जनालाई पक्राउ गरेको छ ।

परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा स्‍थानीय ३० वर्षका लीलाराज शिवभक्तिसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टरको तथ्याङ्कशास्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी नजिकै रहेको सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरुमाथि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।




भर्खरै