५ असार २०८३, शुक्रबार
,
Latest
सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला हत्या आरोपमा दुई जना पक्राउ



अ+ अ-

महोत्तरी । महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो ।

आइतबार पक्राउ परेका गौशाला नगरपालिका–२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका–८ का ३६ वर्षीय राजकिशोर गिरीलाई इलाका प्रहरी कार्यालय गौशालाले आज बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले बोक्दै आएको मोबाइल गिरीको घरमा बरामद भएको र सोहीको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

गत असार ५ गते मध्यरातको समयमा श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हतियार प्रहार गरी फरार भएको समूहले मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलसमेत लुटेका थियो । हत्याको घटनाको अनुसन्धानको क्रममा मोबाइलको आइएमइको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक किशोर आचार्यले पत्रकारलाई बताए । प्रहरी निरीक्षक आचार्यका अनुसार आरोपीलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाएकाले अनुसन्धानबाट थप सत्यतथ्य बाहिर आउने जनाए ।

गौशाला बजारमा सञ्चालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई मध्यराति निजकै घरमा चक्कु प्रहार गरिएको थियो । गम्भीर घाइते अवस्थामा रहनुभएकी श्रेष्ठको उपचारको लागि जनकपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।




भर्खरै