५ असार २०८३, शुक्रबार
,
Latest
श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस प्रवक्ता शर्मा पोर्चुगलमा



अ+ अ-

पोर्चुगल । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल आइपुगेका छन् । नेपाली जनसम्पर्क समिति साइप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आइतबार राति पोर्चुगल आइपुगेका हुन् ।

नेता शर्मालाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङलगायत काँग्रेस नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

नेता शर्माले आज लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने मङ्गलबार पार्टीको वर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा यहाँ रहेका काँग्रेस नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।

तीनदिने पोर्चुगल बसाइपछि उहाँ जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ लाग्ने कार्यक्रम छ । प्रवक्ता शर्मासहित नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही पनि आइतबार नै पोर्चुगल आइपुगेका छन् ।