११ आश्विन २०८१, शुक्रबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस प्रवक्ता शर्मा पोर्चुगलमा



अ+ अ-

पोर्चुगल । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल आइपुगेका छन् । नेपाली जनसम्पर्क समिति साइप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आइतबार राति पोर्चुगल आइपुगेका हुन् ।

नेता शर्मालाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङलगायत काँग्रेस नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

नेता शर्माले आज लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने मङ्गलबार पार्टीको वर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा यहाँ रहेका काँग्रेस नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।

तीनदिने पोर्चुगल बसाइपछि उहाँ जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ लाग्ने कार्यक्रम छ । प्रवक्ता शर्मासहित नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही पनि आइतबार नै पोर्चुगल आइपुगेका छन् ।