११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँकरभिट्टाबाट अवैध हतियार बरामद



अ+ अ-

सुरुङ्गा । कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो ।

भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ । यसैबीच नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन वतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ । भारतको पानी ट्याङ्की नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नं बटालियन रानीडाँगाको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको बताइएको छ ।

उनलाई आइतबार साँझ विशेष सुराकीका आधारमा पानीट्याङ्कीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो । सिटी सफारी चालक रहेका चौधरी मे१ ह ६९५० नं. को सफारी लिएर भारत पुगेको र सोही सिटी सफारीमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । भारतीय प्रहरीले उनका साथबाट ७.६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो ।

भारतीय प्रहरीले उनका साथबाट ७।६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो । यसअघि नेपाल प्रहरीले गत साउन २४ गते राति हल्दिबारी गाउँपालिका–५ जलथलबाट ६० वर्षीय ताराहाङ्ग राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।

पछिल्लो समय झापामा शृङ्खलाबद्ध बम विस्फोट हुनु र पूर्वी नाकामा हतियारसहित नेपाली पक्राउ पर्नुले झापामा सुरक्षा चुनौती बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए ।