५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन प्रदेशमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले साउन ३१ देखि भदौ ६ गतेसम्म तीनवटा प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेपाली कांग्रेसको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव, दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग सम्पर्क र संवाद जस्ता विषयमा प्रशिक्षण गर्ने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

गण्डकी अञ्चलका लागि साउन ३१ र ३२ गते पोखरामा, प्रदेश ५ का लागि भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा र कर्णालीका लागि भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले बताए ।

प्रशिक्षण कार्यक्रम कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु पनि सहभागी हुनेछन् ।




भर्खरै