२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र तालिबान बीचको वार्ता सकियो, के–के भयो प्रगति ?



अ+ अ-

काठमाडौं । संयुक्तराज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ । यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी दोहामा भएको सो वार्ता गए राति सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार अमेरिकासँगको आठौँ चरणको वार्ता दोहामा गए राति सम्पन्न भएको छ र यस वार्ता सकारात्मक भएको छ । वार्तामा भएका प्रगतिबारे आ–आफ्ना नेताहरुलाई जानकारी गराउने र आगामी प्रक्रियाका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा थप स्पष्ट गरिने सहमति भएको पनि प्रवक्ता मुजाहिद्दीनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

वार्ता निकै प्रभावकारी भएको छ र यस विषयमा आ–आफ्ना नेतृत्वलाई जानकारी गराउने कुरा भएको छ– उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् । काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर समाचारहरुमा यो पछिल्लो चरणको वार्ता सकारात्मक भएको आएको छ ।

अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जलमी खालिजादले आइतबार ट्वीट गरेका थिए– मलाई लाग्छ अफगानिस्तान युद्धमा रहेको यो नै अन्तिम इद हुनेछ । उनको यो ट्वीटबाट पनि वार्तामा सकारात्मक प्रगति भएको अनुमान गरिएको समाचारमा जनाइएको थियो । तर यस विषयमा अमेरिका र अफगानिस्तानका सरकारहरुले भने केही बताएका छैनन् ।