५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कले सुधार



अ+ अ-

काठमाडौं– लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ।

नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन। कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ।

बैंकिङ ०.४२, व्यापार ६.२५, जलविद्युत् २.५२, निर्जीवन बीमा ३४.३२ र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ। यस्तै होटल २०.५९, विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ।

स्टकका अनुसार कारोवारका आधारमा रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको दुई करोड ५९ लाख तीन हजार ४०० रुपैयाँ मूल्य बराबरको शेयर खरीद–बिक्री भए। यस्तै साञ्जेन जलविद्युत् कम्पनी एक करोड ४९ लाख ४२ हजार ३८० रुपैयाँ, प्रभुु बैंक एक करोड ३८ लाख ४४ हजार ७१ रुपैयाँ, मेघा बैंक लिमिटेड संस्थापक शेयर एक करोड २६ लाख ९४ हजार रुपैयाँ, एनसिसी बैंक एक करोड २४ लाख ९२ हजार ६६६ रुपैयाँ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे।

आज बढी कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था ९.८९, बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९.०९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.७३, जोशी हाइड्रोपावर ७.३५ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाए।

यस्तै, विशाल बजार कम्पनी ५.२६, एनआइबिएल प्रगति फण्ड ४.७२, एनआइबिएल समृद्धि फण्ड एक ३.९१, नेपाल एग्रो लघुवित्त वित्तीयी संस्था ३.३७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३२ प्रतिशतले गुमाएका छन्।




भर्खरै