११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशिलताको विकासमा लाग्न युवा उद्यमी ढकालको आग्रह



अ+ अ-

काठमाडौँ । नेपालका युवा उद्यमी तथा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले जोखिमबाट बाहिर निस्किएर उद्यमशिलताको विकासमा लाग्न नेपालका युवाहरुलाई आग्रह गरेका छन् ।

आजदेखि राजधानीमा शुरु भएको नेपाल युवा उद्यमशिलता सम्मेलन, २०१९ लाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । उनले सीप र प्रविधिको अभावमा खाडी मुलुकहरुमा कामगर्न जाने युवाहरु अधिकांश अदक्ष श्रमिकको रुपमा रहेकोले जोखिमपूर्ण काम गर्न बाध्य भएका र यसैकारण उनीहरुको जीवन थप जोखिमपूर्ण बनिरहेको भन्दै नेपाली युवाहरुलाई असफल भइन्छ कि भन्ने त्रासबाट मुक्त भई स्वदेशमै केही न केही उद्यमका लागि लाग्न आग्रह गरे ।

देशमा रोजगारीको अभावका कारण रोजगारीमा आएका युवाको १० प्रतिशत मात्रै बजारले खपत गरेको छ । फलस्वरुप हरेक दिन करिब १ हजार ५०० युवा कामको शिलशिलामा विदेशीने गरेका छन् ।

हाम्रा उत्तर र दक्षिणी छिमेकमा करिब साढे दुइ अरबको जनसंख्या रहेकाले नेपाल उत्पादनका हिसाबले पनि एउटा ठूलो अवसरको भूमि रहेको उनले बताए ।


यी संसारका ठूला अर्थतन्त्रबाट लाभ लिन हामीले स्वदेशमै उद्यमशिलताको विकास गर्नु जरुरी रहेको उनको भनाई थियो । उनले भने– त्यसैले पनि हाम्र्रो नेपालमा हरेक उत्पादनको भविश्य छ ।

छिमेकको समृद्धिबाट लाभ कसरी लिने भन्ने योजना हामीले बनाउने हो । देशको कम्तीमा ६० प्रतिशतको युवा शक्तिलाई बजारमुखी शिक्षा र सामयिक बजारको सिद्धान्तबाट प्रेरित गर्नु जरुरी छ ।

नेपालका युवाबर्ग सबैभन्दा बढी त कुनै पनि नयाँ काममा फेल भइन्छ कि भन्ने ठूलो मानसिक त्रास म देख्छु । त्यसलाई हटाउन मानिस असफल नभई सफताका सुत्र सिक्दैन भनेर उनीहरुलाई सबल बनाउनुपर्नेछ । असफलता नै सफलता सिक्ने प्रयोगशाला हो भन्ने सकारात्मक सन्देशले उनीहरुलाई प्रेरित गर्नु जरुरी छ– उनले भने ।


कुनै पनि देशको समृद्धिको निम्ति युवामा लगानी गर्नु जरुरी रहेको उनले बताए । युवाशक्तिको हातमा देश विकासको साँचो हुन्छ, त्यसैले जुन देशले युवामा लगानी गरेको छ, जुन देशले समयानुकुल र बजारमुखी शिक्षा प्रणालीको विकास गर्न सकेको छ त्यस देशको भविश्य उज्जवल रहन्छ उनले भने ।

युवाको ज्ञान, श्रम र सीप आफ्नै माटोमा रोप्न सक्यौँ भने त्यसले लाग्ने फसलले आफू र आफ्नो परिवारमात्र होइन समाजलाई नै लाभ पुग्ने छ र यसले समृद्ध राष्ट्र बन्न सघाउने उनको धारणा थियो ।

नेपालका बनपाखा, जीव जंगल, जैविक विविधता, हिमाल पहाड, खोला नदी, खोँच शिखर, कुना कन्दरा सबैले समृद्धि बोकेका तर तिनको सदुपयोग हामीले इजरायलले जस्तोगरी गर्न नसकिएको उनले बताए ।

इजरायलले जस्तो सूचना प्रविधिमा आधारित खेती प्रणाली बनाउन सके नेपाल धेरै माथि पुग्ने उनको भनाइ थियो । नेपालका युवाहरु अहिले आइटीटमा धेरै आकर्षित भएका, विदेशमा देखेको, सिकेको सीप यहाँ लागू गर्नखोज्ने उत्सुकता उनीहरुमा रहेको उनले बताए ।

नेपालमा पछिल्ला केही समयमा देखिएको आइटीको प्रयोगले जीवन शैलीमै परिवर्तन ल्याइदिएको र अब देशमा आइटीलाई एक उद्योगका रुपमा विकास गर्नुपर्ने खाँचो रहेको उनले बताए ।