५ असार २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाकडी चाप्लुसीबाट कर्मचारीको मूल्यांकन हुने दिन गयो: मन्त्री पण्डित



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चाकडी चाप्लुसीबाट कर्मचारीको मूल्यांकन हुने दिन गएको बताएका छन्। सचिव यादव कोइरालासँग कार्य सम्पादन सम्झौता गर्दै मन्त्री पण्डितले विकास निर्माण र सेवा प्रवाहमा जनता गरेको अनुभूतिका आधारमा कर्मचारीको मूल्यांकन हुने बताए।

‘काम भने हर्ने लायक हुँदैन, उसले सयका सय नम्बर पाउँछ,’ उनले भने, ‘कागजमा सब ठिक छ तर काम भने केही भएकै हुँदैन।’

उनले अब फलानाले नम्बर काटियो भन्ने गुनासोको अत्यन्त हुने उनको दाबी छ। उनले कामको मूल्यांकनको आधारमा दण्ड र सजायको व्यवस्था हुने बताए। उनले समय सीमा भित्र तोकिएको काम पूरा गर्नुपर्ने पनि बताए।

उनले विकास निर्माणमा व्यक्तिगत विषय जोडिएमा कडा कारबाही हुने बताए। सचिव यादव कोइरालाले सुशासन, पूर्वाधार निर्माण र पालिका भवन निर्माणले यो वर्ष प्राथमिकतामा राखेको बताए। उनले सहसचिव, उपसचिव, शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिने बताए।