इस्लाम धर्ममा हरेक वर्ष दुई प्रमुख चाडहरु मनाइन्छन् । एउटा ईद–उल–फितर र अर्को ईद–उल–अजहा। ईद–उलअजाह चाड सोमबार देश भरमा मनाइएको थियो । इस्लामी मान्यता अनुसार ईद–उल–जुहा हजरत इब्राहिमको बलिदानको सम्झनामा मनाइन्छ ।
मुस्लिम धर्ममा ईद–उल–अजहाको अवसरमा नामाज पढ्नुका साथै जनावरहरूको पनि बली गरिन्छ । ईद–उल–अजहा रमाईलो गरी ३ दिनसम्म धूमधामका साथ मनार्इन्छ। तदनुसार, बलिदानको निरन्तरता पनि ईदको दिन सहित तीन दिनसम्म रहन्छ। ईदको अवसरमा बजारको सौन्दर्य देखिन्छ।
ईदको अवसरमा पारी जनावरको बली दिने काम पनि ३ दिनसम्म गरीन्छ । ईस्लामिक धर्मले यसलाई मान्यता तथा धार्मिक परम्पराका रुपमा अपनाए पनि यो कार्य भने अन्य मानिसहरुले मन पराउदैनन् । तर पनि यो पर्वलाइ ईस्लामिकहरुले वर्षौदेखी मनाउदै आएका छन् ।