११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्‍कङ प्रहरीले आफ्ना केही अधिकारीलाई सरकारविरोधी प्रदर्शनमा खटाइएको स्वीकार



अ+ अ-

काठमाडौं । हङ्‍कङ प्रहरीले आफ्ना केही अधिकारीलाई आइतवार भएका सरकारविरोधी प्रदर्शनमा प्रदर्शनकारीको भेषमा खटाइएको स्वीकार गरेको छ।ज्यादै हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पार्न त्यसो गरिएको उसले बताएको छ।

आइतवार भएका झडपका बेला सन्दिग्ध प्रहरी अधिकारीले प्रदर्शनकारीलाई पक्राउ गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीको स्वीकारोक्ति आएको छ।प्रहरी प्रवक्ताका अनुसार केही अधिकारीले विभिन्न भेष बदलेर हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पारेका थिए।

आइतवार भएका झडपका बेला सन्दिग्ध प्रहरी अधिकारीले प्रदर्शनकारीलाई पक्राउ गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीको स्वीकारोक्ति आएको छ।प्रदर्शनकारीहरूले प्रहरीको व्यवहारको छानबिन गर्न माग गरेका छन्।

यसबीच धर्नामा बसेका सयौँ प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरू बाहिर निक्लिएपछि हङ्‌कङ विमानस्थल पुनस् सञ्चालनमा आएको छ।सोमवार उडानहरू स्थगित भएका थिए।