५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो



अ+ अ-

बेइजिङ । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ ।

जुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशत वृद्धि भई करिब ५५ अर्ब युआन भएको छ । सात महिनाको यस अवधिमा विदेशी लगानीका २४ हजार ५० नयाँ व्यवसाय थपिएका छन् । नयाँ लगानी भएका क्षेत्रहरुमा खासगरी उच्च प्रविधिका क्षेत्रमा सबैभन्दा बढी छ ।

वाणिज्य मन्त्रालयका अनुसार उच्च प्रविधिका व्यवसायमा झण्डै ९७ अर्ब युआन लगानी भएको छ ।

प्रत्यक्ष विदेशी लगानी चीनका पश्चिमी क्षेत्रमा सबैभन्दा बढी छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले लगानी वृद्धि भएको छ । यस अवधिमा जर्मनी र दक्षिण कोरियाबाट चीनमा सबैभन्दा बढी लगानी आएको छ । जर्मनीबाट ७२.४ र कोरियाबाट ६९.७ प्रतिशत लगानी वृद्धि भएको छ ।

वाणिज्य मन्त्रालयको तथ्याँकमा युरोपेली युनियनबाट पनि अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशत बढी लगानी भएको छ । बेल्ट एन्ड रोड (बिआरई) मा सहभागी मुलुकबाट प्रत्यक्ष लगानीमा ५ प्रतिशतको झिनो लगानी भएको छ ।




भर्खरै