२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. यादवलाई राजीनामाको निवेदन फिर्ता लिन समाजवादीको आग्रह



अ+ अ-

काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले सभामुख कृष्णबहादुर महरा समक्ष दिएको राजीनामाको निवेदन फिर्ता लिन माजवादी पार्टी नेपालले आग्रह गरेको छ ।

सांसद यादवको राजीनामा सभामुखसमक्ष आएको तर स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले राजीनामा फिर्ता लिनका लागि डा. यादवलाई आग्रह गरिएको बताएका छन् ।

उनले राजीनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजीनामा फिर्ता हुने सम्भावना रहेको बताए । उनले राजीनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजीनामा फिर्ता हुने सम्भावना रहेको बताए ।

मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिए पनि पार्टीले फिर्ता नलिन आग्रह गरिरहेको अरगरियाले बताए । निर्वाचित सांसदले राजीनामा दिएको सम्वभतः यो पहिलो पटक हो ।