५ असार २०८३, शुक्रबार
,
Latest
सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै गोठका आठ पशु चौपाया मृत्यु



अ+ अ-

डडेल्धुरा । अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरेका हुन् ।

दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउँदका दुई भैँसी, दुई गोरु, एक गाई र तीन वटा बाख्रा मरेका हुन् । केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर परशुराम नगरपालिका पशु सेवा शाखाको ल्याबमा जाँच गराइएको र जुकाका साथै छालासम्बन्धी समस्या देखिएको स्थानीयवासी हरेन्द्र साउँदले बताए ।

गत वर्ष जिल्लाका अन्य भेगमा पनि पशुहरुमा अज्ञात रोगको सङ्क्रमण देखापरेको थियो ।मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिलै थाहा भई नसकेको परशुराम नगरपालिका पशु सेवा शाखाले जनाएको छ । केही दिन अगाडि पशु चौपाया बिरामी भएको भन्ने खबर आएलगत्तै पशु चौपायालाई छालासम्बन्धी रोगविरुद्धको आवश्यक खोप दिइएको शाखा प्रमुख पशु अधिकृत रतन भण्डारीले बताए।

साउनदेखि असोजसम्म देखापर्ने छालासम्बन्धी रोग (ड्रमाटाइटिस) बाट सङ्क्रमित भएका जनावरलाई खोप दिने गरिन्छ । यो रोग लागेपछि पशु चौपायाले खाना नखाने, ज्वरो आउने, तुहिने, छाला चिलाउने, दूध सुक्ने र बिनालक्षण पनि मर्न सक्ने पशु अधिकृत भण्डारीको भनाइ छ ।




भर्खरै