५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गर्‍यो



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको हो ।

कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले लगातार तेस्रो वर्ष नाफामा गएको हो । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो ।

तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

त्यसपछिका आर्थिक वर्ष २०७४/७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ ।

योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो ।

आर्थिक वर्ष २०७४/७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटमा थियो । आव ०६६/६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो ।

प्राधिकरणलाई आव ०६७/६८मा ६ अर्ब ९ करोड, ०६८/६९मा ९ अर्ब ९५ करोड, ०६९/७०मा ३ अर्ब ४० करोड र ०७०/७१ मा ५ अर्ब १३ करोड घाटा भएको थियो कुलमान घिसिङ कार्यकारी भएर आउँदा यस्तो घाटा ८ अर्ब ८९ करोड थियो ।




भर्खरै