काठमाडौं । आज राती ८ः४५ देखि भोलि बिहान ५ः४५ सम्ममा पर्सिद नक्षत्रबाट उल्का वर्षा भएको देखिने छ। यो उल्का प्रतिघन्टा डेढ सयवटासम्म खस्न सक्ने भएकोले यसलाई वर्षकै ठूलो उल्का वर्षा मानिएको छ ।
खगोलविद्हरु हरेक वर्ष जुलाई १७ देखि अगस्त २४ लाई अधिक उल्का वर्ष हुने समय भएको बताउँछन् । त्यस समयमा हुने उल्का वर्षा नेपालभरबाट सजिलै देख्न सकिन्छ ।
‘स्विफ्ट टर्टल’ नामको पुछ्रेताराले अन्तरिक्षमा छोडेको कणहरु पर्सिद नक्षत्रबाट पृथ्वीको वायुमंण्डलमा ठोक्किएर उल्काको रुपमा पृथ्वीमा खस्ने भएकोले यस उल्का वर्षालाईपर्सिद उल्का वर्षा भनिएको हो ।