
काठमाडौँ । चिकित्सकको समायोजन ऐन र जेष्ठताको आधारमा नभएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको चिकित्सकको समायोजन व्यक्ति विशेषलाई लक्षित गरिएको भन्दै कार्यविधि, वैज्ञानिक एवं पारदर्शी रुपमा समायोजन गर्नुपर्ने माग गरेको छ ।
चिकित्सकको अहिलेको समायोजनले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने निश्चित भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड अनुसार समायोजन गर्न माग गरेका छन् ।











