११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैद्यरुपमा ढुवानी गर्ने दुई ओटा ट्रयाक्टर नियन्त्रणमा



अ+ अ-

मोरङ । मोरङ प्रहरीले मंगलवार अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने दुई ओटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ । अवैद्यरुपमा ढुंगा र बालुवा बोक्ने को २ प ९४४० र को२त ४६५९ ट्रयाक्टरहरु नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिउजुले जानकारी दिए ।

को २ प ९४४० नम्वरको ट्रयाक्टरलाई मोरङको लेटाङ र को २ त ४६५९ नम्वरको ट्रयाक्टरलाई विराटनगर महानगरपालिका १९ स्थित घिनाघाटबाट नियन्त्रणमा लिएको उनले बताए ।नियन्त्रणमा लिइएका दुवै ट्रयाक्टरलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय विराटनगरको जिम्मा लगाइएको खिउजुले जानकारी दिए ।