५ असार २०८३, शुक्रबार
,
Latest
सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैद्यरुपमा ढुवानी गर्ने दुई ओटा ट्रयाक्टर नियन्त्रणमा



अ+ अ-

मोरङ । मोरङ प्रहरीले मंगलवार अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने दुई ओटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ । अवैद्यरुपमा ढुंगा र बालुवा बोक्ने को २ प ९४४० र को२त ४६५९ ट्रयाक्टरहरु नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिउजुले जानकारी दिए ।

को २ प ९४४० नम्वरको ट्रयाक्टरलाई मोरङको लेटाङ र को २ त ४६५९ नम्वरको ट्रयाक्टरलाई विराटनगर महानगरपालिका १९ स्थित घिनाघाटबाट नियन्त्रणमा लिएको उनले बताए ।नियन्त्रणमा लिइएका दुवै ट्रयाक्टरलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय विराटनगरको जिम्मा लगाइएको खिउजुले जानकारी दिए ।




भर्खरै