११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस रकम सहित शिक्षक नियन्त्रणमा



अ+ अ-

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी. घुस सहित पक्रउ परेका छन् । के.सी.ले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस लिएको कारण पक्राउ परेका हुन् ।

उनले परिक्षार्थीहरूसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले शिक्षक गणेश के.सी.लाई रू१०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका के.सी.विरुद्द थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।