५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस रकम सहित शिक्षक नियन्त्रणमा



अ+ अ-

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी. घुस सहित पक्रउ परेका छन् । के.सी.ले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस लिएको कारण पक्राउ परेका हुन् ।

उनले परिक्षार्थीहरूसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले शिक्षक गणेश के.सी.लाई रू१०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका के.सी.विरुद्द थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।