५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर उपर आरोप–पत्र दायर



अ+ अ-

दमौली । डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । निज कम्प्युटर अपरेटर प्रकाश पौडेल र
Wild Strong Consultancy का सुमित शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले प्रकाश पौडेल र सुमित शाहीलाई पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीसँग रू१,७५,०००। (एक लाख पचहत्तर हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो । प्रकाश पौडेलले सेवाग्राहीसँग सडकखण्ड स्तरोन्नति आयोजनाको कार्यसम्पन्न अन्तिम बिल भुक्तानी प्रयोजनको लागि ठेक्का साइनिङबापत र अफिस मिलाउनको लागि भनी सेवाग्राहीको काम नै नगरी आलटाल गरी घुस रिसवत दिन बाध्य पारी रू। १,७५,०००।– ढएक लाख पचहत्तर हजार) घुस लिएको खुल्न आएको हो ।

आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।उनी विरुद्द आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।




भर्खरै