११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोडमा एक शव फेला



अ+ अ-

झापा । झापाको बिर्तामोड–४ मा निर्माणाधिन एक होटमा मंगलबार बिहान शव फेला परेको छ।शव बिर्तामोड–७ का ४७ वर्षीय शशि शिवाकोटीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

द्वारिका होटलको पूर्वतर्फ रहेको १ तले घरको बरण्डामा शिवाकोटीको शव फेला परेको हो। प्रहरीका अनुसार शिवाकोटीको दाहिने गालाको भागमा चोट छ भने आँखामा रगतको टाटा बसेको छ।

उनी २ दिनदेखि होटलमा गार्डको रुपमा काम गर्दै आएका थिए। मृतक शिवाकोटी कनकाई सेक्युरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएका हुन्।